एमालेले सोध्यो थप १२ जना नेतालाई स्पष्टीकरण
सोमबार, १० जेठ २०७८, १२ : ००
काठमाडौं । नेकपा एमालेले थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । थप स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
सोमबारकै बैठकले वरिष्ठ नेताहरु माधव नेपालसहित ११ जनालाई पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको थियो । बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिन र पार्टीको तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिने निर्णय समेत भएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण