जापानको टोकियो र ओसाकामा खुले खोप केन्द्र
टोकियो । जापान सरकारले टोकियो र ओसाकामा ठूलो संख्यामा मानिसहरुलाई खोप लगाउन सक्ने गरी खोप केन्द्रहरु सोमबार खुला गरेको छ । जापानमा खोप अभियान सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो । टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म यी खोप केन्द्रहरु सञ्चालन गर्ने जिम्मेवारी दिएको छ ।
सेनाका चिकित्सक एवं नर्सहरुले हालैमात्र स्वीकृत गरिएको मोडर्ना कम्पनीका खोप लगाउन थालेका छन् । संयुक्तराज्य अमेरिकामा विकास गरिएको मोडर्नाको खोपलाई जापानमा गत शुक्रबार मात्र औपचारिक अनुमति दिइएको थियो ।
हालसम्म जापानले फाइजर कम्पनीले विकास गरेको खोपलाई मात्र अनुमति दिएको थियो । तर शुक्रबार अस्ट्राजेनिका खोपलाई पनि जापानले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । यद्यपी जापानले तत्कालै अस्ट्राजेनिकाको खोप लगाउने छैन ।
सरकारले दुई वटा खोप केन्द्रको सञ्चालनबाट आगामी जुलाईको अन्त्यसम्ममा ६५ वा त्योभन्दा बढी उमेरका करिब तीन करोड ६० लाखले खोप दिनेछ । खोप केन्द्रमा आइपुगेकी एक ६६ वर्षीया ज्येष्ठ नागरिकले बिहान ७.३० बजे अघि नै ३० वा ४० जना ज्येष्ठ नागरिक खोप लगाउन आइपुगेको जानकारी दिए ।
जापानको मन्त्रिपरिषदका सचिव काट्सुनोबु काटोले पत्रकारहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो बढीभन्दा बढी व्यक्तिलाई खोप लगाउन सरकार क्रियाशील हुने जानकारी दिए । जापानले आफ्ना करिब तीन करोड ६० लाख ज्येष्ठ नागरिकलाई अप्रिलको मध्यसम्ममा खोप लगाइसक्ने योजना अघि सारेको थियो । फेब्रुअरीमा जापानले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिन थालेको थियो ।
विश्वका अति सम्पन्न मुलुक मध्येको जापानमा खोप अभियान अति सुस्त छ । जापानको जनसंख्या करिब १२ करोड ६० लाख छ तर हालसम्म करिब ४ प्रतिशतले मात्र खोप लगाएका छन् । यसैबीच, कतिपय नगरपालिकाहरुले जुलाई भित्रै सबै ज्येष्ठ नागरिकलाई खोप दिने कार्य सम्पन्न गर्न कठिन हुने बताउन थालेका छन् । खासगरी स्वास्थ्यकर्मीको अभावका कारण खोप अभियान प्रभावित हुनसक्ने उनीहरुको भनाई छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण