बाँकेमा उपचाररत दश सङ्क्रमितको मृत्यु
मङ्गलबार, ११ जेठ २०७८, २० : ४१

बाँकेका अस्पतालमा भर्ना भएका १० सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा तीनजनाको मृत्यु भएको हो । मृतकमा बाँकेका पाँच, दाङका तीन र बर्दियाका दुई जना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोनाबाट अकालमै ज्यान गुमाउनेको सङ्ख्या २ सय ७९ पुगेको छ भने यहाँ उपचार गराउन आएका बाहिरी जिल्लाका २ सय ५१ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत