बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

दुबईका युवराज  शेख हमदान बने जुम्ल्याहा सन्तानका पिता, बलिउड सेलिब्रिटीले दिए बधाई

बुधबार, १२ जेठ २०७८, १३ : १८
बुधबार, १२ जेठ २०७८

दुबईका युवराज शेख हमदान बिन मोहम्मद बिन राशिद अल मक्तूम जुम्ल्याहा सन्तानका पिता बनेका छन् । उनले गत आइतबार आफ्ना जुम्ल्याहा सन्तानको फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् ।

उक्त तस्बिरमा सेतो क्यान्डोरा लगाएका युवराजलाई आफ्ना दिवंगत हजुरबुवा शेख रसिद बिन साइद अल मक्तूमको फोटो अगाडि काउचमा दुई सन्तानलाई हातमा लिइरहेको देख्न सकिन्छ ।

शेख हमदानले यसअघि निलो र गुलाबी रङको खुट्टाको तस्बिर पोस्ट गरेका थिए । यसले युवराज्ञी शेख शेखा बिन्त साइद बिन थानी अल माक्तूमले एक छोरा र एक छोरी जन्माएको इंगित गर्दछ । यी दुईको दुई वर्ष अघि विवाह भएको हो ।

सलमानले दिए बधाइः

सलमान खानले हालै जुम्ल्याहा सन्तानका पिता बनेका दुबइका युवराजलाई बधाई दिँदै लेखेका छन्, ‘शेख हमदानलाई घरमा जन्मिएका जुम्ल्याहाका लागि शुभकामना । दुबै बच्चालाई प्रेम, स्वास्थ्य र खुसीसहित सम्मान ।’

यसअघि सञ्जय दत्तले पनि शेख हमदानलाई बधाई दिँदै पोस्ट सेयर गरेका थिए । सञ्जय दत्तले लेखेका थिए, ‘हिज रोयल हायनेस शेख हमदानलाई जुम्ल्याहा सन्तानको आगमनमा असाध्यै धेरै शुभकामना । प्रेम, लक र संसारको हरेक खुसी दुबैका लागि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप