कविता : बुद्ध कहाँ जन्मिए ?
बुद्ध नेपालमा जन्मियौ लुम्बिनीको ठाउँमा
सुख, ऐस, आराम सबै भएको त्यो गाउँमा
दरबारको आनन्द र मागेको पुग्ने ठाउँमा
राजा बन्ने पालो तिम्रो आफ्नै थियो नाउँमा ।
१
प्रश्नै प्रश्नको खातमा, घुमेका थियौ तिमी
मृत्यु, दुःख, बहुलादेखि प्रश्न लियौ मनमा
अध्यात्मिक, दैविक र भौतिक दुःख सब बुझी
ज्ञान खोज्न हिँड्यौ दरबार र माया छोडी ।
२
तिम्रा उपदेशहरू फैलिएका अनेक ठाउँमा
सूर्यको किरण पनि नपुगेको ती गाउँमा
सीमित छैनौ तिमी अब एसियाको ठाउँमा
तिम्रो ज्योति फैलिरहेछ, विश्व भरको गाउँमा ।
३
१९९७ मा विश्व सम्पदामा परेको लुम्बिनीमा
भारतीय सम्राटले नै गाडे अशोक स्तम्भ त्यहाँ
चिनियाँ धर्म गुरु र अन्यका यात्रा वृतान्तहरूमा
बुध्द ढुकढुकी छ फेला परेका मार्कर स्टोनहरूमा ।
४
हल्ला चलेको छ बुद्ध उनी जन्मेको देशमा
कहाँ जन्मे बुद्ध ? यो गाउँ कि त्यो गाउँमा ?
विश्व र सत्यलाई ढाँट्न सकिँदैन है अब
भ्रमको खेती सपँ्रदैन बुद्ध जन्मेको ठाउँमा ।
५
ध्रुवप्रसाद गजुरेल
तारकेश्वर नगरपालिका–३, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण