कोरोनाभाइरसको उत्पत्तिबारे पत्ता लगाउन बाइडेनको ९० दिनको अल्टिमेटम
कोरोनाभाइरसको उत्पत्तिको विषयमा बढ्दो विवादका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई यसबारे पत्ता लगाउन तीन महिनाको अल्टिमेटम दिएका छन् ।
बाइडेनले एक बयान जारी गर्दै बाइडेनले अमेरिकी इन्टेलिजेन्स एजेन्सीलाई आफ्नो प्रयासलाई तीब्रता दिन र ९० दिनभित्र यसको रिपोर्ट पेश गर्न आदेश दिएका छन् ।
कोरोना भाइरसको संक्रमणको सबैभन्दा पहिलो मामिला डिसेम्बर २०१९ मा चीनको ऊहान शहरमा भेटिएको थियो । त्यतिबेलादेखि हालसम्म संसारभरी यसका १६ करोड ८० लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् र कम्तीमा ३५ लाखको ज्यान गइसकेको छ ।
चिनियाँ प्रशासनले संक्रमणको पहिलो सम्बन्ध ऊहानको एउटा सीफूड मार्केटसँग भएको पाएको थियो । वैज्ञानिकले यो भाइरस जनावरबाट मानिसमा पुगेको मान्यता राखेका छन् ।
तर हालै अमेरिकी मिडियामा सार्वजनिक भएको खबर अनुसार केही प्रमाण यस्ता पनि छन् जसले यो भाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको भन्नेतफए इशारा गर्दछ ।
तर चीनले यसलाई ठाडो अस्वीकार गर्ने गर्छ । साथै चीनले यो भाइरस अमेरिकाको कुनै प्रयोगशालाबाट निस्किएको बताउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण