जेफ बेजोसले ९ दिनपछि अमेजनको मुख्य कार्यकारी अधिकारीको पद छोड्दै
अमेजनका मुख्य कार्यकारी अधिकारी (सीइओ) जेफ बेजोसले पाँच जुलाई (जेठ २२) गते अर्थात् ९ दिनपछि कम्पनीमा आफ्नो पद छोड्नेछन् ।
किताब बिक्री गर्ने अनलाइन पसलको रुपमा अमेजन सुरु गरेका बेजासले बुधबार आफूपछि एन्डी जेसीले कम्पनीमा सीइओ पदको कार्यभार सम्हाल्ने जानकारी दिए ।
वरिष्ठ टेक्नोलोजी रिपोर्टर डेव लीले कम्पनीको शेयरहोल्डर्ससँगको एक बैठकमा यो मिति उनको लागि निकै महत्वपूर्ण भएको बताएको जानकारी दिए ।
बेजोसले पद छोड्नका लागि यो मिति चुने किनभने २७ वर्ष अघि सन् १९९४ मा यहि मितिमा कम्पनीको स्थापना भएको थियो ।
Amazon's new CEO, Andy Jassy, will take up the role on July 5th, Bezos announces
— Dave Lee (@DaveLeeFT) May 26, 2021
अब के गर्नेछन् बेजोस ?
फेब्रुअरीमा बेजोसले आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए तर कहिले भनेर निश्चित गरिसकेका थिएनन् ।
उनको पदमा आउने एन्डी जेसी हाल कम्पनीको क्लाइउट कम्प्युटिङ बिजनेस सम्हाल्छन् ।
५३ वर्षका एन्डी जेसीले हार्वर्ड बिजनेस स्कूलमा पढाई पूरा गरेपछि सन् १९९७ मा अमेजनमा आएका थिए ।
सीइओ पदबाट हटेपछि जेफ बेजोस कम्पनीको एक्जिक्यूटिभ चेयरमा हुनेछन् र कम्पनीको नयाँ उत्पादन र योजनामा काम गर्नेछन् ।
वासिङ्टन पोस्टका अनुसार उनी अंतरिक्ष अनुसन्धानबारे काम गर्ने आफ्नो कम्पनी ब्लू ओरिजिनलाई अघि बढाउनका लागि काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण