बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जेफ बेजोसले ९ दिनपछि अमेजनको मुख्य कार्यकारी अधिकारीको पद छोड्दै

बिहीबार, १३ जेठ २०७८, १२ : २२
बिहीबार, १३ जेठ २०७८

अमेजनका मुख्य कार्यकारी अधिकारी (सीइओ) जेफ बेजोसले पाँच जुलाई (जेठ २२) गते अर्थात् ९ दिनपछि कम्पनीमा आफ्नो पद छोड्नेछन् ।

किताब बिक्री गर्ने अनलाइन पसलको रुपमा अमेजन सुरु गरेका बेजासले बुधबार आफूपछि एन्डी जेसीले कम्पनीमा सीइओ पदको कार्यभार सम्हाल्ने जानकारी दिए ।

वरिष्ठ टेक्नोलोजी रिपोर्टर डेव लीले कम्पनीको शेयरहोल्डर्ससँगको एक बैठकमा यो मिति उनको लागि निकै महत्वपूर्ण भएको बताएको जानकारी दिए ।

बेजोसले पद छोड्नका लागि यो मिति चुने किनभने २७ वर्ष अघि सन् १९९४ मा यहि मितिमा कम्पनीको स्थापना भएको थियो ।

अब के गर्नेछन् बेजोस ?

फेब्रुअरीमा बेजोसले आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए तर कहिले भनेर निश्चित गरिसकेका थिएनन् ।

उनको पदमा आउने एन्डी जेसी हाल कम्पनीको क्लाइउट कम्प्युटिङ बिजनेस सम्हाल्छन् ।

५३ वर्षका एन्डी जेसीले हार्वर्ड बिजनेस स्कूलमा पढाई पूरा गरेपछि सन् १९९७ मा अमेजनमा आएका थिए ।

सीइओ पदबाट हटेपछि जेफ बेजोस कम्पनीको एक्जिक्यूटिभ चेयरमा हुनेछन् र कम्पनीको नयाँ उत्पादन र योजनामा काम गर्नेछन् ।

वासिङ्टन पोस्टका अनुसार उनी अंतरिक्ष अनुसन्धानबारे काम गर्ने आफ्नो कम्पनी ब्लू ओरिजिनलाई अघि बढाउनका लागि काम गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप