देश, जनता र संविधानलाई केन्द्रमा राखेर असाधारण निर्णय गर्नसक्छु : सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्नि सापकोटाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा बिहीबार कानुनविदहरुसँग परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताएका हुन् । उनले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने पनि बताए ।
‘आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ’ सभामुख सापकोटाले भने, ‘त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टा घण्टाका सबै कुरालाई विचार गरेर, मनन गरेर अगाडि बढ्नुपर्छ ।’
उनले घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्याङ्कन गरेर अघि बढ्ने प्रयासमा रहेको भन्दै केन्द्रमा देश र जनताको हित राखेर संविधानको मर्म र भावनाअनुसार कदम चाल्ने बताए । त्यसक्रममा उनले पार्टीहरूसँग पनि परामर्श गर्ने बताए । ‘म पार्टीहरूसँग छलफल गर्छु, उनीहरू लोकतन्त्रका संवाहक हुन्’ सापकोटाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण