गण्डकीमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो । विगत तीन सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बृद्धि भएपनि बुधबार भने जम्मा ७ जनाको मात्र मृत्यु भएको थियो । तर, बिहीबार पुनः मृतकको संख्या बृद्धि भएर पछिल्लो २४ घण्टामा १७ पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा ६, स्याङजा ४, नवलपरासी पूर्व ३, पर्वत २ तनहुँ १ र लमजुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–२२ का ४५ वर्षीय पुरुष, पोखरा–१९ का ३३ वर्षीय पुरुष, पोखरा–१३ का ३५ वर्षीय पुरुष, पोखरा–१३ का ५४ वर्षीय पुरुष, पोखरा–२० की ८३ वर्षीय महिला र कास्की अन्नपूर्ण –४ की ८५ वर्षीय महिलाको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी नवलपरासी पूर्व गैडाकोट–५ की ४० वर्षीय महिला, गैडाकोट–१० की ६४ वर्षीय महिला, त्रिवेणी–७ का ५५ वर्षीय पुरुष, स्याङजा, वालिङ–१४ का ४६ वर्षीय पुरुष, हरिनास–३ की ४५ वर्षीय महिला, पुतलीबजार–१ का ५३ वर्षीय पुरुष, हरिनास –४ का ७२ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी म्याग्दीको बेनी–७ का ६३ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी–८ की ५३ वर्षीय कोरोना संक्रमित महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै पर्वतको जलजला–३ का ४४ वर्षीय पुरुष र जलजला –९ का ८० वर्षीय पुरुषको समेत पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण