कर्णालीमा कोरोना जित्नेको संख्या बढ्दै
सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ ।
आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २१ हजार २ ९६ जनालाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
पीसिआर विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय १९ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या २१ हजार २९६ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ९ जनाले कोरोना जितिसकेका छन् । हाल आइसोलेशनमा ६ हजार १२२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानका चार र सुर्खेतका एकजना रहेका छन् । योसँगै मृत्यु हुनेको संख्या २२६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण