बागमती प्रदेशको सर्वदलीय बैठक सुरु
मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठक सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज साँझ ५ बजेका लागि प्रदेश सुशासन केन्द्र जावलाखेलमा बैठक आह्वान गरेका थिए । त्यसको केहीबेर पछि बैठक सुरु भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी जेठ १६ गते आह्वान गरिएको प्रदेशसभाको ८ औं अधिवेशन बैठक, आगामी आर्थिक वर्षको निति कार्यक्रम, बजेट र प्रदेशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका बिषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लागयतका दलका प्रतिनिधिहरू उपस्थिती रहेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका तर्फबाट दलका नेता तथा पूर्व आन्तिरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, नेपाली कांग्रेसका तर्फबाट दलका नेता इन्द्रबहादुर बानियाँ, प्रमुख सचेतक राधा घले, राप्रपाको तर्फबाट रिता माझी, विवेकशील साझाको तर्फबाट रमेश पौड्याल, नेमकिपाका सुरेन्द्र राज गोर्साइं र नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र प्रमुख सचेतक निरौला उपस्थित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण