सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु

शुक्रबार, १४ जेठ २०७८, ११ : १२
शुक्रबार, १४ जेठ २०७८

पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइफ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पतालको भनाइ छ ।

क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको माग बढेको र उद्योगबाट पर्याप्त अक्सिजन आउन नसक्दा समस्या भएको हो । अक्सिजनको हाइफ्लो चाहिने विरामीको चाप बढेपछि बिहीबारदेखि तीन सय ८० वटासम्म सिलिन्डर २४ घन्टामा चाहिन थालेको छ । 

प्रदेशकै ठूलो सरकारी अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखराका निजी उद्योगबाट अक्सिजनको जोहो गर्दै आएको छ । कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चलेका थियो । अक्सिजनको अभावका कारण तनहुँका ३ जना, म्याग्दी, पर्वत, पोखरा र स्याङ्जाका १/१ जनाको ज्यान गएको हो । 

कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालका डा. डेभिड श्रेष्ठले अक्सिजन उद्योगबाट माग अनुसार अक्सिजन नपाउँदा समस्या भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप