बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दिल्लीमा अनलकः सुरु हुनेछ निर्माण कार्य, खोलिनेछन् कल कारखाना

शुक्रबार, १४ जेठ २०७८, १४ : २२
शुक्रबार, १४ जेठ २०७८

भारतको राजधानी दिल्लीमा कोरोनाको घट्दो केसका कारण लकडाउन हटाउने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार दिल्लीमा अनलकको प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् । उनले ठूलो मिहिनेतले कोरोनामाथि नियन्त्रण पाइएको तर अहिलेसम्म लडाईं नजितेको बताएका छन् ।

मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउनलाई क्रमशः खोल्दै जाने बताउँदै सोमबारदेखि निर्माणकार्य र कारखानाका गतिविधिलाई खोलिने जानकारी दिए । समाजको सबैभन्दा गरिब तप्का, मजदुर, प्रवासीलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको उनले बताए ।

नभए दिल्लीमा पुनः लगाउनुपर्नेछ लकडाउन...

मुख्यमन्त्री अरविन्द केजरीवालले अब क्रमशः हप्ता हप्तामा जनताको सुझाव र विज्ञको धारणा लिएर लकडाउन खोल्ने प्रक्रिया जारी राख्ने तर बीचमा कोरोना बढ्न लागेको भान भए अनलकको प्रक्रिया रोक्नुपर्ने बताए ।

दिल्लीका बासिन्दालाई अपिल गर्दै मुख्यमन्त्री अरविन्द केजरीवालले भने, ‘सबैजनाको मद्दतको आवश्यकता छ, जब नियम पालना गर्नेछौं तब मात्रै सबै आर्थिक गतिविधि खुल्न पाउनेछन् । यदि कोरोना पुनः बढ्न थाल्यो भने हामीले फेरि लकडाउन लगाउनु पर्नेछ । हामी लकडाउन लगाउन चाहन्नौं, लकडाउन राम्रो कुरा हुँदै होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप