दिल्लीमा अनलकः सुरु हुनेछ निर्माण कार्य, खोलिनेछन् कल कारखाना
भारतको राजधानी दिल्लीमा कोरोनाको घट्दो केसका कारण लकडाउन हटाउने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार दिल्लीमा अनलकको प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् । उनले ठूलो मिहिनेतले कोरोनामाथि नियन्त्रण पाइएको तर अहिलेसम्म लडाईं नजितेको बताएका छन् ।
मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउनलाई क्रमशः खोल्दै जाने बताउँदै सोमबारदेखि निर्माणकार्य र कारखानाका गतिविधिलाई खोलिने जानकारी दिए । समाजको सबैभन्दा गरिब तप्का, मजदुर, प्रवासीलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको उनले बताए ।
नभए दिल्लीमा पुनः लगाउनुपर्नेछ लकडाउन...
मुख्यमन्त्री अरविन्द केजरीवालले अब क्रमशः हप्ता हप्तामा जनताको सुझाव र विज्ञको धारणा लिएर लकडाउन खोल्ने प्रक्रिया जारी राख्ने तर बीचमा कोरोना बढ्न लागेको भान भए अनलकको प्रक्रिया रोक्नुपर्ने बताए ।
दिल्लीका बासिन्दालाई अपिल गर्दै मुख्यमन्त्री अरविन्द केजरीवालले भने, ‘सबैजनाको मद्दतको आवश्यकता छ, जब नियम पालना गर्नेछौं तब मात्रै सबै आर्थिक गतिविधि खुल्न पाउनेछन् । यदि कोरोना पुनः बढ्न थाल्यो भने हामीले फेरि लकडाउन लगाउनु पर्नेछ । हामी लकडाउन लगाउन चाहन्नौं, लकडाउन राम्रो कुरा हुँदै होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण