बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ओस्कार–२०२२ एक महिना पछि सर्‍यो

शुक्रबार, १४ जेठ २०७८, १७ : १९
शुक्रबार, १४ जेठ २०७८

ओस्कार अवार्डको आयोजक ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज’ (एएमपीएएस) ले २०२२ मा हुने समारोहलाई एक महिना पछाडि सार्ने निर्णय गरेको छ । एएमपिएएसले एक विज्ञप्ति जारी गर्दै २७ मार्च २०२२ मा समारोह आयोजना गर्ने घोषणा गरेको हो । यसअघि २७ फेब्रुअरी २०२२ मा अवार्डको मिति तय थियो । 

हलमा रिलिज हुने तय भएपनि कोरोना भाइरसका कारण अनलाइनमार्फत नै रिलिज भएका धेरै फिल्महरु यसपटक पनि पुरस्कारको दौडमा रहने देखिएको छ ।  ९३ औं ओस्कार अवार्ड भने भर्खरै मात्र आयोजना भएको थियो । २५ अप्रिलमा आयोजित यस समारोहमा नोम्याड ल्यान्डले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

यही फिल्मकी चिनियाँ निर्देशक क्लोई झाओले उत्कृष्ट निर्देशक र फ्रान्सेस म्याकर्डोम्यान्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका थिए । अभिनेता एनथोनी हपकिन्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यी ब्रिटिश अभिनेताले ‘द फादर’ फिल्मका लागि यो अवार्ड जितेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप