ओस्कार–२०२२ एक महिना पछि सर्यो
ओस्कार अवार्डको आयोजक ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज’ (एएमपीएएस) ले २०२२ मा हुने समारोहलाई एक महिना पछाडि सार्ने निर्णय गरेको छ । एएमपिएएसले एक विज्ञप्ति जारी गर्दै २७ मार्च २०२२ मा समारोह आयोजना गर्ने घोषणा गरेको हो । यसअघि २७ फेब्रुअरी २०२२ मा अवार्डको मिति तय थियो ।
हलमा रिलिज हुने तय भएपनि कोरोना भाइरसका कारण अनलाइनमार्फत नै रिलिज भएका धेरै फिल्महरु यसपटक पनि पुरस्कारको दौडमा रहने देखिएको छ । ९३ औं ओस्कार अवार्ड भने भर्खरै मात्र आयोजना भएको थियो । २५ अप्रिलमा आयोजित यस समारोहमा नोम्याड ल्यान्डले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।
यही फिल्मकी चिनियाँ निर्देशक क्लोई झाओले उत्कृष्ट निर्देशक र फ्रान्सेस म्याकर्डोम्यान्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका थिए । अभिनेता एनथोनी हपकिन्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यी ब्रिटिश अभिनेताले ‘द फादर’ फिल्मका लागि यो अवार्ड जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण