गुल्मीमा चौथोपटक निषेधाज्ञा थप
शुक्रबार, १४ जेठ २०७८, २० : १५
गुल्मीमा चौथो पटक निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको कोभिड ब्यवस्थापन समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जेठ १५ गते रातीदेखि लागू हुनेगरी चौथो पटक पुनः एक हप्ता निषेधाज्ञा जारी गरेकी हुन् ।
जेठ २४ गते राती १२ बजेसम्मका लागि चौथो पटक निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग अपिल गरेका छन् । सरकारले निषेधाज्ञा उलंघन गर्नेहरूमाथि ५ महिनादेखि एक वर्ष कैद सजाय र १ लाख देखि ५ लाखसम्म जरिवाना गर्ने नियम बनाएकोले त्यसको पूर्ण पालना गर्न उनले सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण