गुल्मीमा चौथोपटक निषेधाज्ञा थप
शुक्रबार, १४ जेठ २०७८, २० : १५

गुल्मीमा चौथो पटक निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको कोभिड ब्यवस्थापन समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जेठ १५ गते रातीदेखि लागू हुनेगरी चौथो पटक पुनः एक हप्ता निषेधाज्ञा जारी गरेकी हुन् ।
जेठ २४ गते राती १२ बजेसम्मका लागि चौथो पटक निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग अपिल गरेका छन् । सरकारले निषेधाज्ञा उलंघन गर्नेहरूमाथि ५ महिनादेखि एक वर्ष कैद सजाय र १ लाख देखि ५ लाखसम्म जरिवाना गर्ने नियम बनाएकोले त्यसको पूर्ण पालना गर्न उनले सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन