अपोलो अस्पतालले रूसी खोप १ हजार १९५ भारतीय रूपैयाँमा उपलब्ध गराउने

अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । “हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौँ साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,” अपोलो समूहका एक अधिकारीले बताए ।
अपोलो समूह अस्पतालका कार्यकारी उपाध्यक्ष शोबाना कामिनेनीद्वारा जारी एक विज्ञप्तिमा भनेका छन्, “समूहले भारतमा ८० स्थानहरूबाट १० लाख मात्रा खोप लगाइसकेको छ । अग्रमोर्चामा काम गर्ने श्रमिक, उच्च जोखिमयुक्त जनसंख्या र कर्पोरेट कर्मचारीहरुलाई खोप लगाउन प्राथमिकता दिनेछ ।”
उनीहरूको खोप कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै कामिनेनीले भने, “जुन महिनामा हामी हरेक हप्ता १० लाख खोप लगाउने छौँ भने जुलाईमा यो क्षमतालाई दुई गुणा बढी बनाउने छौँ । हामी यो वर्षको सेप्टेम्बरसम्ममा २० करोड खोपहरू लगाउने कामलाई सम्पन्न गर्ने उद्देश्य लिएका छौ ।”
रूसी खोप स्पुत्निक–भी भारतमा यस महिनाको सुरुदेखि लगाउन थालिएको हो । रिपोर्ट अनुसार भारत र रुसले हरेक महिना तीन करोड ५० लाखदेखि चार करोड खोप उत्पादन गर्ने बताएका छन् जुन अगस्ट वा सेप्टेम्बरदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
-
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति
-
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री
-
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
-
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो