प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।
बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएको थियो । इजलासमा उक्त विषयमाथि बहसका लागि प्रधानन्यायाधीश जबराले समय निर्धारण गरिदिएपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए ।
संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । संवैधानिक इजलासमा गत शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो । बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो । सुनुवाई सोमबार जारी रहने गरी आइतबार इजलास उठेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण