मुख्यमन्त्रीले जिम्मेवारी बिर्सिए : सांसद चुमान
पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादीका प्रमुख सचेतक एवं सांसद हरिबहादुर चुमानले साढे दुई वर्ष राम्रो काम गरेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पछि जिम्मेवारी बिर्सिएर लतारिँदै गएको बताएका छन् । प्रदेश सरकारको आठौं अधिवेशनमा विशेष समयमा बोल्दै उनले सुरुका दिनमा प्रदेशमा विकास निर्माण लगायतका कार्य गर्न रफ्तारमा रहेका मुख्यमन्त्री गुरुङको क्रमश स्प्रिड घटेर लतारिँदै हिड्न थालेको आरोप लगाए ।
उनले प्रधानमन्त्री केपी ओलीको पालामा प्रदेश मातहत प्रहरी नआउने बताए । उनले सहिदका परिवारको हितमा केही गर्ने पहल भएता पनि आफु सहिद परिवारकै तर्फबाट एक मन्त्री हुँदा समेत केही गर्न नपाएको प्रति चिन्ता लागेको बताए ।
सचेतक चुमानले प्रदेश सरकारको जिम्मेवारी लिएर तीन वर्ष काम गर्दाको अवस्थामा प्रदेश सरकार योजनाबद्ध रुपले खटिरहेको बताए । ‘योजनाबद्धरुपमा तीन बर्ष खटिदा प्रदेशमा झण्डै ५० वटा कानुन निर्माण गर्न सफल भएका थियौं’ उनले भने । ‘त्यसैगरी प्रदेशमा लोक सेवा गठन र प्रहरी भर्ना गर्ने गरि अगाडी बढ्यो तर, केन्द्रीय सरकारको असहयोगका कारण सफलता हासिल भएन ।’
संघीयता सुदृढ का लागि निकै संघर्ष गरिएको भएपनि संघर्ष अनुसारको प्रतिफल नआएको उनले बताए । राजनीतिक अधिकारदेखि वित्तिय अधिकार सम्मका विषयमा संघ सरकारसँग संघर्ष गर्दै गर्दा राजनीतिक अस्थिरताले देशलाई च्यापेको उनले बताए ।
सांसद चुमानले अविश्वासको प्रस्ताव छल्ने काम वर्तमान सरकारले गरेको आरोप लगाए । उनले वैकल्पिक सरकारका लागि दलका नेताहरु दलको पत्र बोकेर प्रदेश प्रमुख समक्ष जाँदा प्रदेश प्रमुखबाट राम्रो व्यवहार नभएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण