हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर
सोमबार, १७ जेठ २०७८, १२ : ४१
स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ । जिल्लामा दैनिकरुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरीद गरी ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
यसअघि जिल्ला अस्पतालमा तीन अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सक्ने जिल्ला अस्पतालका चिकित्सक टासीआङ्जु लामाले जानकारी दिए । बाह्र जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता अस्पतालसँग भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण