मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बाँकेमा निषेधाज्ञा एक साता थपियो

सोमबार, १७ जेठ २०७८, १५ : २४
सोमबार, १७ जेठ २०७८

बाँके जिल्लामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन् । निषेधाज्ञामा बिहान ७ बजेदेखि १२ सम्म उपभोग्य वस्तुका पसल खोल्न पाइने जनाइएको छ ।

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बाँकेमा वैशाख १३ गतेदेखि  निषेधाज्ञा लगाइएको थियो । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप