सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

सोमबार, १७ जेठ २०७८, १५ : ५२
सोमबार, १७ जेठ २०७८

बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्य नेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ । 

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ । योसँगै बाँकेका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप