सरकारमाथिको आक्रमण छेक्न युवा संघलाई ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्देशन दिएका छन् । सोमबार जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न र छेक्न युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
‘हामीमाथि चारैतिरबाट सरवर्षा भइरहेको छ । ती सरवर्षालाई भाँड्ने र छेक्ने काम गर्नुपर्छ । हामीसँग होला मिडिया हाउस स्थापना गरेका छैनौ, त्यो हाम्रो कमजोरी होला’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले चुनावका लागि भनेर सरकार घटिया काम नगर्ने भन्दै एउटा व्यक्ति जित्छ हार्छ भनेर सरकारले नहेर्ने बताए ।
‘एउटा व्यक्ति कसले जित्छ हार्छ, सरकारले त्यो हेर्दैन, लोकतन्त्रलाई जिताउनुपर्छ भन्ने सरकारको काम हो त्यो मात्र हेर्छ’, प्रधानमन्त्री ओलीले भने ।
उनले आफुहरु मिसन पत्रकारिता भइरहेको भन्दै उनले त्यो घातक हुने बताए । ‘हामी त्यस्तो पत्रकारितामा विश्वास गर्दैनौ । हामी मर्यादित पत्रकारिताको पक्षमा रहेका छौ’, प्रधानमन्त्रीको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण