शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोहली अण्डा खाने शाकाहारी हुन्’, कप्तानको बयानमा ट्वीटरमा बबाल

मङ्गलबार, १८ जेठ २०७८, १४ : ५०
मङ्गलबार, १८ जेठ २०७८

टीम इन्डियाका कप्तान विराट कोहली आफ्नो एक बयानका लागि ट्वीटरमा प्रयोगकर्ताको निशानामा आएका छन् । कोहलीले हालै आफ्नो डाइटबारे बताएको थियो । उनले इन्स्टाग्राममा प्रश्नोत्तर सेशन राखेका थिए जसमा एक प्रशंसकले उनको डाइटबारे सोधेका थिए ।

कोहलीले यसको जवाफमा भने, ‘अत्यधिक सागसब्जी, केही अण्डा, २ कप कफी, दाल, क्विनोआ, धेरै नै पालुङ्गो, डोसा । तर सबै सिमित मात्रामा ।’

कोहलीको यो जवाफमा प्रशंसकले ट्वीटमा निशाना साँधेका छन् ।

कतिले विराट कोहली त अण्डा खाने शाकाहारी भएको बताएका छन् । कतिले यदि भारतीय कप्तान अण्डा खान्छन् भने आफूलाई किन शाकाहारी भन्छन् भनेर पनि प्रश्न गरे ।

एक प्रयोगकर्ताले लेखे, ‘कोहलीले दाबी गरेका छन् कि उनी वेगन हुन् तर आफ्नो नविनतम आस्क मी एनिथिङमा उनले आफ्नो खानामा अण्डा समावेश गर्ने बताए । यसले मलाई तनावमा पारिरहेको छ । एकले कोहलीलाई ट्रोल गर्दै लेखे, ‘वेगन कोहलीले यो कुराको पुष्टि गरेका छन् कि अण्डा नन भेज हो । तपाईंले थप शक्ति पाउनुहोस् ।’

कोहलीले पहिला दिएका थिए यस्तो बयानः

दिल्लीका कोहलीले थुप्रैपटक बताइसकेका छन् कि उनलाई असाध्यै खान मनपर्छ । तर आफूलाई फिट राख्नका लागि उनले आफ्नो खानाको बानी फेरेका छन् । सन् २०१९ मा कोहलीले उनी पूर्ण रुपमा शाकाहारी भएको बताएका थिए । सन् २०१८ देखि नै उनले मासु, दुध र अण्डालाई पूर्ण रुपमा छोडेका छन् ।

उनले भनेका थिए, ‘मैले ननभेज छोडेर वेगन डाइट खाने निर्णय गरेको छु ।’

स्मरण रहोस्, वेगन डाइटमा ती खाद्य पदार्थलाई समावेश गरिएको छ जुन पूर्ण रुपमा प्राकृतिक हुन्छ र जुन उत्पादन जनावरसँग सम्बन्धित हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप