ह्यारी केनलाई भित्र्याउने तयारीमा सिटी, यी खेलाडी टोट्टेनह्यामलाई दिन तयार
इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी नयाँ स्ट्राइकरको खोजीमा छ । र, उसले टोट्टेनह्यामका ह्यारी केनमाथि आँखा लगाइरहेको छ । यता, केनले पनि उपाधिको खोजीका लागि आफु अन्यत्र क्लबमा जाने जानकारी टोट्टेनह्यामलाई गराइसकेका छन् । तर, कुन क्लबले उनलाई भित्र्याउँछ भन्ने तय छैन । किनकि चेल्सी र म्यानचेस्टर युनाइटेड पनि इङ्लिस कप्तानलाई भित्र्याउने दाउमा छन् ।
यी दुई क्लबलाई पछि पार्नका लागि सिटीले नयाँ अस्त्र प्रयोग गर्न खोज्दैछ । आफ्ना दुई खेलाडी टोट्टेनह्यामलाई दिएर केनलाई क्लबमा भित्र्याउने योजना सिटीले बनाएको हो । यस योजनाअन्तर्गत रहिम स्ट्रलिङ र ग्राबियल जेससलाई टोट्टेनह्याम पठाउने प्रस्ताव सिटीले गर्दैछ ।
च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग १–० ले पराजित भएपछि स्तब्ध बनेका सिटीका प्रशिक्षक पेप गार्डीओलाले यस सिजनमा नयाँ खेलाडीहरु भित्र्याउन चाहेका छन् । हुन त गत सिजनमा स्ट्रलिङले १५ गोल गरेका थिए । तर, उदीयमान स्ट्राइकर फिल फोडेनका कारण उनी छाँयामा परेका छन् ।
स्ट्रलिङ माथि अहिले आर्सनलले पनि आँखा लगाइरहेको छ । उनी २०१५ मा ४४ मिलियन पाउन्टमा सिटीमा आबद्ध भएका थिए । क्लबसँग उनको अझै दुई वर्षको सम्झौता छ ।
यता, ग्राबियल जेससले यस सिजन २३ गोल गरे । उनी यस सिजन सिटीका लागि सर्वाधिक गोल गर्नेको सूचीमा सर्जियो अग्वुइरोसँगै शीर्ष स्थानमा छन् । तर यस्तो प्रदर्शनका बाबजुद पनि २४ वर्षीय ब्राजिली स्टारलाई सिटीको पहिलो रोजाईका स्ट्राइकर मानिँदैंन, केन आएपछि उनी थप छाँयामा पर्ने पक्का छ । त्यसकारण पनि नियमित खेल्नका लागि टोट्टेनह्याम जानु उनका लागि उपयुक्त हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण