मुगुमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु
मङ्गलबार, १८ जेठ २०७८, २२ : २६
कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए ।
उनका अनुसार ती वृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एक हप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गर्नुभएको बताइएको छ । वृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए । गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन । हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण