ग्राण्डी अस्पतालले घरघरमा पुगेर पिसिआर परीक्षण गर्ने

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पिसिआर परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव सङ्कलन गर्न लागेको हो ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाव सङ्कलन गर्न लागिएको जानकारी दिए । “गत बुधबारदेखि पिसिआर परीक्षण ल्याव सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागेको हौँ”– उनले भने । स्वाव सङ्कलनको रकम अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । पिसिआर परीक्षणको रिपोर्ट भने इमेलमार्फत सम्बन्धित व्यक्तिमा पु¥याउने व्यवस्था मिलाइएको जनाइएको छ ।
अस्पतालले पिसिआर परीक्षणका लागि रु एक हजार ५०० शुल्क तोकेको छ । यस्तै, बिरामीको घरमा पुगेर स्वाव लिएमा सेवा बापत थप रु ५०० लाग्नेछ । सरकारले रु दुई हजारसम्म पिसिआर परीक्षणका लागि शुल्क तोकेपनि अस्पतालले सरकारले तोकेको दरभन्दा कम शुल्कमा परीक्षण गर्न लागेको हो । सहुलियत दरमा पिसिआर परिक्षण सेवा यही जेठ ३१ गतेसम्म प्रदान गर्ने र अस्पतालमा पिसिआर आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुने जनाइएको छ ।
‘थर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक अत्याधुनिक मेसिनबाट एक पटकमा ९६ को स्वाव परीक्षण गर्न मिल्नेछ । परीक्षण प्रयोगशाला जडानसँगै अब बिरामी, अस्पतालका डाक्टर तथा कर्मचारी पिसिआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था जानु नपर्ने भएको छ । स्वाव सङ्कलन गरेको ५ देखि ६ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने अस्पतालले जनाएको छ । उक्त प्रयोगशालामा कोभिड बाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्नेछ । आगामी दिनमा बिरामीको चापअनुसार पिसिआर परीक्षण सेवा विस्तार गर्दै लैजाने सो अस्पतालले जनाएको छ । वि.सं २०६९ सालमा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ