शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

प्रतिपक्षी दलले भन्याे -  बागमतीको नीति तथा कार्यक्रम लक्ष्य बिहीन

बुधबार, १४ जेठ २०८२, २० : ५०
बुधबार, १४ जेठ २०८२

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति कार्यक्रम लक्ष विहीन रहेको प्रतिपक्ष दलहरूले बताएका छन् । सरकारले नीति कार्यक्रममा महत्त्वाकाङ्क्षा भरिएका विषयहरू समावेश गरेको उनीहरूको भनाई छ ।

प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभाको बैठकमा नीति कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकपछि सरकारको नीति कार्यक्रम बारे संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले नीति कार्यक्रम प्रदेशको समृद्धि र विकासमा लक्षित नरहेको टिप्पणी गरे । 

उनले विगतको सरकारको निरन्तरताका शैलीमा सरकारले नीति कार्यक्रम तयार गरेको बताए । ‘प्रदेशका नागरिकका लागि उत्साहजनक केहि पनि छैन । सरकारले विगतको नेतृत्वको निरन्तरता शैलीमा केही कार्यक्रमहरू समावेश गरेको छ । नयाँ र फरक ढङ्गको प्रतिफल योग्य नीति कार्यक्रम आउन सकेको छैन ।’ उनले भने, ‘विगतका सरकारले ल्याएका केही कार्यक्रमहरू प्रदेशको समृद्धिका लागि आवश्यक भएकाले सरकार।ले समेटेको देखिन्छ । अन्यथा सरकारको यस पटकको नीति तथा कार्यक्रममा ल्याउनुभएका अधिकांश कार्यक्रमहरू हवादारी पुरा हुने नसक्ने र महत्त्वाकाङ्क्षी खालका छन् ।’

सरकारको नीति कार्यक्रमले बागमती प्रदेशलाई उत्साह दिन नसक्ने उनको भनाई छ । तत्कालीन सरकारले संरक्षणका लागि अल्पसङ्ख्यक पुरानो जाती चेपाङ लक्षित कार्यक्रम समेत हटाएको उनले बताए ।

वर्तमान सरकारले बेपत्ता व्यक्तिको नाम नै लिन नचाएको उनले बताए । महिला दलित लगायतका सीमान्तकृत क्षेत्रमा सरकारको कुनै पनि कार्यक्रम आउन नसकेको नेता जम्कट्टेलले बताए । सरकारको नीति कार्यक्रम लक्ष्य बिहीन रहेको उनले बताए ।

प्रतिपक्ष दल नेमकीपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले नीति तथा कार्यक्रममा सत्ता साझेदार दुई ठूला दलहरु बिचमा ठूलो असमझदारी देखिएको बताए । सत्ताधारी दलहरु बिचको असहमती नीति कार्यक्रमबाट प्रष्ट भएको उनले बताए ।

प्रदेश सरकारले अहिलसम्मको निराशाजक र उत्साहहिन नीति कार्यक्रम ल्याएको उनले बताए । सरकारको नीति कार्यक्रमले ठोस योजनाहरु समेट्न नसक्ने उनको बनाई छ ।

‘राम्रा राम्रा शब्द र कुराहरु समेटेर नीति तथा कार्यक्रम बनाइएको छ । यस्तो निराशजनक नीति तथा कार्यक्रम माथी बन्ने बजेट असफलताको बाटोमा हिड्ने भन्ने निश्चित छ ।’ उनले भने ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रतिपक्षी दललाई लक्षित गदै प्रतिपक्षीको हेर्ने चम्मा फेर्नुको विकल्प नभएको बताए । प्रतिपक्षीको हेर्ने दृष्टिकोेण दुई दल नमिलि नीति तथा कार्यक्रम आउछरु त्यतिपनि नबुझ्ने प्रतिपक्षी देख्दा अन्त्यन्त दुःख लागेको बताए ।

‘सरकारको नीति कार्यक्रम अनुकुल बजेट उत्पादनसँग जोडिएर आउँछ । तपाईहरुले नीति तथा कार्यक्रममा ति कुरा देखिहाल्नुभयो ।’ उनले भने, ‘हाम्रो प्रथम प्राथमिकता भनेको उद्योगसंग उत्पादनसँग समानको प्याकिङसँग छ । हामीले हालसम्म नीजि क्षेत्रको अस्तित्वलाई पनि स्विकारेका छौ ।’

वर्तमान प्रदेश सरकारले निजि क्षेत्रको नेतृत्वमा नीति निर्माण गरेर अघि बढेको उनले बताए । सरकारले निजि क्षेत्रलाई उत्पादनका क्षेत्रहरु कृषि, सडक, उद्योग, पर्यटन हरेक क्षेत्रमा निजि क्षेत्रलाई आकर्षीत गर्ने नीति लिएको उनले बताए । 

सरकारको नीति कार्यक्रमले समेटेका शिक्षा, स्वास्थ्य, खेलकुदका विषयहरू मिहिन ढङ्गबाट बजेट पनि समावेश हुने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप