शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

भाकपा (माओवादी) का महासचिव मारिएको घटनामा विप्लवले भने - यो लुटेराहरूको क्षणिक आत्मरती मात्र हो

बुधबार, १४ जेठ २०८२, २१ : २७
बुधबार, १४ जेठ २०८२

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘बसवराजु’ सहित २६ जना मारिएको घटनामा प्रतिक्रिया दिएको छ । 

महासचिव बसवराजुसहित २६ जनाको मृत्यु घटनाको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भत्सर्ना गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बसवराजुलाई गरिएको कायरतापूर्ण हत्याको घोर भर्त्सना गरेको हो । 

विज्ञप्तिमा भनिएको छ,'राजनीतिक नेतृत्वको यस्तो अमानवीय, अराजनीतिक, अनैतिक हत्याको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदाय, मानवधिकारवादी संघ-संस्थाहरुलाई ध्यानकर्षण गराउँदछौँ ।'

सत्ताको बलले जति नै हत्या, नरसंहार मच्चाए पनि लुटेराहरुको क्षणिक आत्मरती मात्र भएको र सत्य एवं न्यायको लडाईं विजयी भइ छोड्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेलंगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५ मा भएको कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए ।

495263350_597379076139073_3211321313539965355_n

 

495047116_688972563998108_5931293139107923079_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप