कर्णालीमा अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
बुधबार, १४ जेठ २०८२, ०९ : १०
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा जेठ १९ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताबारे बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। प्रतियोगिता संयोजक श्रीधर केसीका अनुसार प्रतियोगितामा ७ प्रदेशबाट ७ वटा टिम सहभागी हुने छन्।
जम्मा २१ खेल हुने छन् भने प्रतियोगिता लिग चरणमा सञ्चालन हुने उनले बताए । खेल वीरेन्द्रनगर स्थित कालिनचौक र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइने छ ।
क्रिकेट संघ कर्णाली प्रदेश अध्यक्ष पदम खड्काले उक्त प्रतियोगितामा कर्णालीको सानदार उपस्थिति हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण