युएईद्वारा नेपाललाई १२ टन स्वास्थ्य सामग्री सहयोग
बुधबार, १९ जेठ २०७८, १९ : २१
यूएई । संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाल सरकारलाई करिव १२ टन स्वास्थ्य सामग्री पठाएको छ। कोभिड–१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि विशेष विमानमार्फत (युएई) ले १२ टन स्वास्थ्य उपकरण सहितको सामग्री आज नेपाल पठाएको हो।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू नेपाल पठाइएको छ । नेपाली दूतावासको विशेष पहलमा यूएई सरकारले उक्त स्वास्थ्य सामग्री नेपाल पठाएको हो ।
गत वर्ष अप्रिलमा पनि यूएई सरकारले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । नेपाली दूतावास यूएईले नेपालीहरूलाई समस्या परेका बेला हार्दिकतापूर्ण सहयोग गरेकोमा यूएई सरकारलाई विशेष धन्यवाद व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण