बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

सरकारले माग्यो अस्पतालसँग तथ्यांक

बिहीबार, २० जेठ २०७८, ०६ : १५
बिहीबार, २० जेठ २०७८

सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो ।

‘अस्पतालमा मृत्यु, भर्ना, परीक्षण गरेर कोरोना पोजेटिभ आए(नआएकाले खोप लगाएको वा नलगाएको रिपोर्ट माग गरेका छौं,’ डा। तारानाथ पोखरेलले बुधबार राजधानीसँग भने, ‘त्यसपछि विस्तृत विवरण थाहा होला ।’ उनले प्राप्त जानकारीको हवाला दिँदै खोप नलगाएकाको मृत्युदर अत्यधिक रहेको पनि उल्लेख गरे । विश्व स्वास्थ्य संगठनको अध्ययनले भने खोप लगाएकाको मृत्युदर कम रहेको देखाएको छ । खोप मात्रा पूरा गरेपश्चात् मृत्युदर कम देखिएको विभिन्न अध्ययनले समेत देखाएको छ । हाल, नेपालमा संक्रमणविरुद्ध कोभिडसिल्ड र भेरोसिल खोप प्रयोगमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप नलगाएकामा संक्रमण र मृत्यु भएको संख्या बढी छ ।

यद्यपि, प्रभावकारिता सन्दर्भमा तथ्यांक एकीकृत हुने चरणमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म अनुमानित ४ लाख नागरिकले कोरोनाविरुद्ध खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । खोपविज्ञ खोप लगाएकालाई गम्भीर प्रकृतिको असर नदेखिने बताउँछन् ।

यसैगरी, सरकारले चीनबाट ल्याएको कोभिडविरुद्धको भेरोसिल खोप आगामी २५ जेठबाट लगाउन सुरु गर्ने तयारी थालेको छ । मन्त्रालयका अनुसार यसपटक सो खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई दिइनेछ । यसअघि, भेरोसिल खोप १८ देखि ५९ वर्ष उमेर समूहकालाई लगाइएको थियो । यसैबीच, बुधबार देशभर ५ हजार ३ सय १६ कोरोना संक्रमित भएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप