लकडाउनमा डेटिङ गरेपछि प्रहरी कारवाहीमा परे टाइगर र दिशा
प्रेम सम्बन्धमा रहेका बलिउड फिल्म अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीविरुद्ध मुम्बई पुलिसले एफआईआर दर्ता गरेको छ । १ जुनमा दिउँसो २ बजे मुम्बईको ब्यान्डस्ट्यान्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।
बाहिर निस्किनुको सही कारण उनीहरुले दिन सकेनन् । यद्यपी, त्यतिबेला प्रहरीले डकुमेन्ट चेक गरेर उनीहरुलाई छाडिदिएको थियो । प्रहरीले सबै घटनाको जाँच गरेपछि अहिले एफआईआर दर्ता गरेको छ । मुम्बई पुलिसका अनुसार दुबै विरुद्ध धारा १८८ अन्तर्गत केस दर्ता गरिएको छ । अहिले यो घटनामा कसैलाई गिरफ्तार गरिएको छैन किनकी यो अपराधमा जमानत मिल्छ । महाराष्ट्रमा १५ जूनसम्म कोरोना कफ्र्यु छ र बिहान ७ देखि २ बजेसम्ममात्रै बाहिर निस्कने छुट छ ।
मिडिया रिपोर्टस्का अनुसार दिशा र टाइगर मंगलबार जिम सेशनपछि ड्राइभमा निस्किएका थिए । दिशा अगाडिको सिटमा थिइन् भने टाइगर पछाडि बसेका थिए । दिशा पछिल्लोपटक ‘राधे : योर मोस्ट वान्टेड भाई’ मा सलमान खान र टाइगरका बाबु ज्याकी श्राफसँगै देखिएकी थिइन् । उनको नयाँ फिल्म ‘एक भिलेन–२’ प्रदर्शनमा आउने क्रममा छ । यता, टाइगर अभिनित ‘हिरोपन्थी–२’, ‘गणपत’ र ‘बागी–४’ प्रदर्शनमा आउने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण