कर्णालीमा थप ५३० जनाले जिते कोरोना, थप ६ जनाको मृत्यु
बिहीबार, २० जेठ २०७८, १९ : ०५
कर्णालीमा आज एकैदिन थप ५३० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या १७ हजार ८ सय ५२ पुगेको छ । यस्तै आज थप २९८ जनालाई कोरोना पुष्टि भएको छ । २९४ जनामा गरिएको आरटी पीसिआर परीक्षणबाट १३५ र ५८० जनामा गरिएको एन्टिजेट विधिबाट गरिएको परीक्षणबाट १४५ जनामा कोरोना पुष्टि भएको हो ।
हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९६६ रहेको छ भने आज थप २८७ जना थपिएका छन् । यस्तै आज मृत्युदर भने बढेको छ । आज एकैदिन थप ६ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाली जिल्लामा हुम्लामा १, रुकुम पश्चिममा १ र सुर्खेतमा चार जनाको मृत्यु भएको छ । हुम्लामा मृत्यु भएको पहिलो केस हो । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण