मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीले भने- जेठ २५ गतेभित्र संसद अधिवेशन बोलाउँछौँ

बिहीबार, २० जेठ २०७८, २० : ०६
बिहीबार, २० जेठ २०७८

सुर्खेत । कर्णाली प्रदेश सरकारले जेठ २५ गतेभित्र संसद अधिवेशन बोलाउने भएको छ । दलहरूको आग्रहपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २५ गते भित्रै अधिवेशन बोलाउने बताएका हुन् । सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको बर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले रातोपाटीलाई जानकारी दिए । 

सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान रहेको छ । प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ । सरकारले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रि–बजेट छलफल बिनै पूर्ण बजेट ल्याउने तयारी गरेको थियो । यद्यपि, प्रतिपक्षले भने प्रि–बजेट सामाजिक दुरी कायम गरेरै भएपनि छलफलमा ल्याउनुपर्ने प्रतिपक्षले माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप