अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु
बिहीबार, २० जेठ २०७८, २३ : ०१
अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका –३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर जाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित महिलाका परिवारले घरैमा लगेर आइसोलेशनमा राख्ने बताएपछि अस्पतालले डिस्चार्ज गराएको थियो ।
अस्पतालबाट घर नपुग्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले सहयोग गर्ने भएको छ । जिल्लामा यससहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण