बन्ने भयो नेपालको पहिलो यानसेतु विमानस्थल
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ ।
यानसेतु अर्थात् एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल हो ।
विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको नयाँ बन्ने टर्मिनल भवन छ वटा यानसेतु रहने गरी डिजाइन भएको छ ।
डिजाइनको काम भारतीय परामर्शदाताले गरिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ टर्मिनल भवनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेपछि दोस्रो टर्मिनल भवनका लागि बोलपत्र आह्वानको तयारी अगाडि बढाइएको छ । सरकारले बजेटमा गौतमबुद्ध विमानस्थलका लागि तीन अर्ब ५४ करोड रुपियाँ विनियोजन गरेको छ ।
विमानस्थलका लागि पर्याप्त बजेट छुट्टिएकाले अब छिट्टै बोलपत्र आह्वान गरिने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण