एसईई परीक्षा दिन नपाएका विद्यार्थीले अब यसरी पाउनेछन् नम्बर र प्रमाणपत्र
कोरोना संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थितिमा एसईई परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गरी प्रमाणपत्र दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा ऐन २०२८ को दफा २० बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
शैक्षिक सत्र २०७७ को कक्षा १० अत्यमा हुने एसईई परीक्षा भौतिक उपस्थितिमा दिन सक्ने अवस्था नरहेकोले सम्बन्धित विद्यालयले गरेको अन्तिम आन्तरिक मूल्याङ्कनबाट सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने, सो इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने निर्णय भएको छ ।
प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षा नतिजा विवरण तयार पार्ने, प्रकाशन गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय भएको छ । अघिल्लो वर्ष पनि यही प्रक्रियाका आधारमा एसईई परीक्षा सञ्चालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण