बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, तीन महिना यताकै उच्च
बेलायतमा फेरि कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार संक्रमण दर गएको तीन महिनायताकै उच्च कायम भएको छ । अघिल्लो हप्ताको तुलनामा संक्रमण दर ४९ प्रतिशतले बढेको छ ।
पछिल्लो २४ घन्टामा ६ हजार दुई सय ३८ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । दैनिक संक्रमण दर तीन हजार भन्दा कम रहँदै आएपनि पछिल्लो एक हप्तामा यो संख्या निरन्तर बढ्दै गएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४५ लाख छ हजार नाघेको छ ।
यसैगरी बितेको २४ घन्टामा ११ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८२३ पुगेको छ । गत मंगलबार बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारी शुरु भएयता पहिलो पल्ट शून्यमा झरेको थियो ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म छ करोड ६७ लाख ४९ हजार ६३८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९९ लाख ४९ हजार ६९४ जनाले पहिलो डोज र दुई करोड ६७ लाख ९९ हजार ९४४ जनाले दोस्रो डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण