बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, तीन महिना यताकै उच्च
बेलायतमा फेरि कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार संक्रमण दर गएको तीन महिनायताकै उच्च कायम भएको छ । अघिल्लो हप्ताको तुलनामा संक्रमण दर ४९ प्रतिशतले बढेको छ ।
पछिल्लो २४ घन्टामा ६ हजार दुई सय ३८ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । दैनिक संक्रमण दर तीन हजार भन्दा कम रहँदै आएपनि पछिल्लो एक हप्तामा यो संख्या निरन्तर बढ्दै गएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४५ लाख छ हजार नाघेको छ ।
यसैगरी बितेको २४ घन्टामा ११ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८२३ पुगेको छ । गत मंगलबार बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारी शुरु भएयता पहिलो पल्ट शून्यमा झरेको थियो ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म छ करोड ६७ लाख ४९ हजार ६३८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९९ लाख ४९ हजार ६९४ जनाले पहिलो डोज र दुई करोड ६७ लाख ९९ हजार ९४४ जनाले दोस्रो डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
-
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)
-
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
-
सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारी बर्खास्त
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश