कविताः कोराना भाइरस
सुशीला गौतम ढकाल
यो कस्तो समय मान्छेसँग मान्छे डराउने
म ठूलो, तँ सानो, म धनी, तँ गरिब, म महान् भन्नेले के पायो ?
विभिन्न भेरियन्टमा उत्पत्ति भएर संसारलाई अत्यास बनायो
सबैसँग भेटघाट र जतासुकै घुमफिर आफ्नै पोल्टोमा खन्यायौ ।
रुपैयाँ नै सबै थोक हो भन्ने मनुष्यले अहिले बल्ल चाल पाए
जस्ता मै हुँ भन्नेहरूले पनि अन्ततः आएर उही यमराजको काल पाए
सेवा नै धर्म हो भनी अहोरात्र खटिने स्वास्थ्य कर्मीलाई सम्मान गर्नु
जजसले यो कुरा राम्ररी बुझ्यो उसलाई झट्ट पर्दैन अकालमा मर्नु ।
सबै वर्ग, समूह सचेत रहौँ, बालक, युवा, वृद्धा भन्दैन त्यसले
साबुन पानीले हात धुनुहोस् पहिले सचेत भए आक्रमण गर्दैन यसले
सर्वसंहारबाट जोगाउन बनाइएका नयाँ खोप चाँडै मेरो देशमा ल्याऔँ
ए कोरोना अब त रोक तिम्रो आतङ्क र कष्ट नदिई जाऊ ।
महामारीमा घरमै थुनिएका बालबालिकाको मस्तिष्कमा सकारात्मक उत्प्रेरणा भरौँ
दोस्रो भेरियन्टले झन् मान्छेलाई गन्दैन त्यसैले स्वास्थ्य नियमको पूर्ण पालना गरौँ
मानिस सबै मिलेर आपसमा सहयोग गरी बच्ने र बचाउने वातावरण बनाऔँ
सरकार,
सत्ता टिकाउन मात्र होइन अब त मानिसको अस्तित्व जोगाउने योजना बनाऊ
मानिसको अस्तित्व जोगाउने योजना बनाऊ ।
आँधीखोला गाउँपालिका–६,
फापरथुम, स्याङ्जा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण