स्कटल्यान्डका बेरोजगार नतर्कीले पाए काम, कोभिड नियम तोड्दै नाचगान
बेलायतमा कोरोनाका कारण अत्यावश्यक बाहेकका धेरै उद्योगहरु बन्द गर्न निर्देशन दिइएको छ । एडल्ट इन्टरनेटमेन्ट उद्योग पनि यसैमा पर्छ । तर, यसका बाबजुद स्कटल्यान्डमा गोप्य रुपमा डिस्को र बार सञ्चालन भइरहेका छन् । बेलायती पत्रिका सन्डे मेलको अनुसन्धानले यस्तो खुलासा गरेको हो । केही कम्पनीहरुले अन्डर ग्राउन्ड नाइट पार्टीका लागि नतर्कीहरु पठाइरहेका छन् । यसो गर्दा मानिसको सुरक्षा त जोखिममा छ नै, कोभिड महामारी रोक्न लगाइएको नियम पनि उल्लघन भएको छ ।
स्कटिस सरकारले ल्याएको कडा कोभिड १९ नियमअनुसार एडल्ट इन्टरटेनमेन्ट भेन्युहरु बन्द गरिएको छ । तर, यसका कारण ६ सय नतर्कीहरु बेरोजगार भएका छन् । जसकारण, गोप्य रुपमा सञ्चालन हुने नृत्य कार्यक्रमहरुमा उनीहरु जाने गरेका छन् । डुन्डीस्थित एक डान्सरले अहिले प्राइभेट बुकिङका आधारमा काम गरिरहेको बताइन् । उनले गत वर्ष रातरात मनोरञ्जन उद्योग बन्द भएपछि यस्तो परिस्थिति सिर्जना भएको गुनासो गरिन् ।
‘क्लबहरु बन्द भएपनि सबै ठाउँमा नृत्य जारी नै छ । पछिल्लोपटक मलाई भाडामा लिइएको एक घरमा प्रस्तुति प्रस्ताव आएको थियो’ उनले भनिन्, ‘यस्ता पार्टीहरुले फेरि केही आयआर्जन गर्ने अवसर दिएका छन् । त्यहाँ सामाजिक दूरी वा मास्क लगाउने काम हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण