नेप्सेमा रेकर्ड ब्रेक, एकैदिन भयो १७ अर्ब माथिको कारोबार
आइतबार, २३ जेठ २०७८, १६ : ४५
सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।
नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.८३ अंकले बढेर ५२०.९९ विन्दुमा पुगेको छ । यस दिन कुल २१८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १ लाख ७१ ह्जार ६० पटक किनबेच हुँदा कुल १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, लगानी लगायतका समूहहरु धनात्मक भएका छन् भने यता होटल तथा टुरिजम, व्यापार, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादनका क्षेत्रहरु ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण