बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राउटेलाई परिचय–पत्र दिएको पालिकाको आक्रोश: दुर्व्यवहार गर्नेलाई कडा कारबाही गरियोस्

आइतबार, २३ जेठ २०७८, १८ : २०
आइतबार, २३ जेठ २०७८

राउटे परिवारलाई पचिय–पत्र दिएको दैलेखको गुराँस गाउँपालिकाले युवतीसँग दुव्र्यवहार गर्नेलाई कडा भन्दा कडा कारबाही को माग गरेको छ ।  जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपन्मुख राउटे समुदायका युवतीलाई दुर्व्यवहार गर्न ती युवाहरुलाई कार्वाही गर्न माग गरेको हो ।

राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संरक्षणका गरिरहेको दैलेखको गुराँस गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई वास्तविकता छानविन गरि कानुनबमोजिम कारबाही गर्न माग गरेको हो । ‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’

गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र होटल सञ्चालक बिनोद पुनलाई घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरमा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप