प्रदेश नम्बर २ : उपेन्द्र यादव र काङ्ग्रेस संसदीय दलका नेताबीच भेटवार्ता
केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा महन्थ( राजेन्द्र समूह सहभागी भएसँगै प्रदेश नम्बर २ मा सत्ता समीकरण परिवर्तन हुने संकेत देखिएको छ । दुई दिनदेखि जनकपुरधाममा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता साझेदारीका लागि प्रदेश नम्बर २ का काङ्ग्रेसका संसदीय दलका नेता रामसरोज यादवसँग भेटवार्ता गरेका हुन् ।
प्रदेशमा सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता रामसरोज यादवले पाएलगत्तै अध्यक्ष उपेन्द्र यादवले भेटघाट गरेका हुन् । आइतबार बसेको काङ्ग्रेसको संसदीय दलको बैठकबाट नीति कार्यक्रम, बजेट र सत्ता साझेदारीको विषयमा निर्णय गर्ने अधिकार नेता रामसरोज यादवलाई दिएको छ ।
संसदीय दलका नेता यादवले रातोपाटीलाई भने, ‘प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, बजेट र केन्द्रमा रहेको गठबन्धन अनुसार नै प्रदेशमा पनि सत्ता साझेदारी गर्न कुन सांसदलाई कतिखेर कहाँ बोलाउनुपर्ने र छलफल गर्नुपर्ने भनी निर्णय गर्ने अधिकार मलाई दिएको छ ।'
यादवले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि सत्ता साझेदारीका विषयमा कुराकानी भएको स्वीकार गरे । उनले केन्द्रकै गठबन्धन अनुसार सत्ता साझेदारीसहितका विषयमा छलफल भएको बताए ।
औपचारिक रुपमै जसपा विभाजित हुन बाँकी रहेपनि प्रदेश( २ मा महन्थ(राजेन्द्र पक्षका सांसदले असहयोग गरेमा उनीहरुलाई हटाएर काङ्ग्रेस र माओवादीसँग मिलेर गठबन्धनको सरकार मुख्यमन्त्री लालबाबु राउतकै अगुवाइमा पुनःगठन तथा मन्त्रीमण्डल बिस्तार गर्ने गृहकार्यमा यादव लागेका छन् । यसका लागि जसपाले काङ्ग्रेस, माओवादी र नेकपा एमाले माधव नेपाल पक्षसँग समेत छलफललाई निरन्तरता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण