बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

घट्यो समुद्रपारका मुलुकसँगको कारोबार

सोमबार, २४ जेठ २०७८, ०६ : २९
सोमबार, २४ जेठ २०७८


कोरोना महामारीले वैदेशिक व्यापार खुम्चिएको छ । सन् २०२० को शुरुआतसँगै महमारी फैलिन थालेपछि नियन्त्रणका लागि अपनाइएका उपायहरूले नेपालको समुद्रपारका मुलुकहरूसितको कारोबार खुम्चिएको हो ।

सन् २०२०/२१ मा तेस्रो मुलुकबाट आयात हुने मालसामान लिएर नेपाल भित्रिने कन्टेनरको संख्या उल्लेख्य परिमाणले घटेको छ । नेपालको वैदेशिक व्यापार वर्षेनि बढ्दै आएकोमा यो वर्ष पहिलोपटक तेस्रो मुलुकसँगको व्यापार परिमाण खुम्चिएको हो ।

भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (एनटीडब्ल्यूसी) का अनुसार बितेको वर्ष २०२०÷२१ (अप्रिलदेखि मार्च) मा तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर संख्या १७ हजार ६४५ ले घटेको छ । गत वर्ष भारतको श्यामाप्रसाद मुखर्जी (कोलकाता) र विशाखापत्तनम् बन्दरगाह हुँदै नेपालका लागि २० फीटका ९० हजार ४६६ ओटा कन्टेनर आएको एनटीडब्ल्यूसी कोलकाता कार्यालयका प्रमुख हिमनाथ पौडेलले जानकारी दिए ।

वर्ष २०१९/२० मा यो संख्या १ लाख ८ हजार १११ थियो । सन् २०२० का शुरूका केही महीना व्यापारमा कोरोना महामारीको असर खासै देखिएको थिएन । संक्रमण पैmलिएसँगै बन्दाबन्दी र निषेधाज्ञा लागू भएपछि व्यापार घट्दै गएको हो ।

सरकारले कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष ६ महीनासम्म लगाएको बन्दाबन्दी र निषेधाज्ञाले बजारमा आपूर्ति र माग घटेको थियो । आवागमन र बजार अवरुद्ध भएपछि त्यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको हो ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप