बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

सोमबार, २४ जेठ २०७८, ०९ : ४१
सोमबार, २४ जेठ २०७८

सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक दिउँसो दुई बजे बस्दैछ । यो बजेट अधिवेशन पनि हो ।

सत्ता पक्षमा १८ र प्रतिपक्षमा १६ जना सांसद रहेको प्रदेश सभाको आजको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्धारण गरेको छ ।

यसका साथै सरकारले जारी गरेको आर्थिक अध्यादेश प्रस्तुत गर्ने, दलका नेताहरुले सम्वोधन गर्ने कार्य सूची तय भएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप