असार १ गतेबाट वैकल्पिक विधि प्रयोग गरी विद्यालयस्तरीय कक्षा सञ्चालन हुने
सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माले विद्यार्थीको सिकाइलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठन पाठन गर्न सम्भव नभए पनि बैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको बताए । विद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिन सकुन् भन्ने मन्त्रालयको निष्कर्ष रहेको उनले बताए ।
विद्यार्थीको परीक्षा मूल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरि ब्यवस्था मिलाउने प्रवक्ता शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण