अभिनेत्री बर्षाको प्रश्न– के यो देशमा न्याय मरिसकेको हो ?

अभिनेत्री बर्षा सिवाकोटीले युट्युबरलाई संवेदनशील र कारुणिक घटना आफ्नो युट्युबरको मसला नबनाउन अनुरोध गरेकी छन् । उनले न्याय दिने निकाय छिटो छरितो रुपमा एक्सनमा नउत्रिँदा युट्युबरहरुले कारुणिक घटनालाई मसलाका रुपमा प्रयोग गर्ने गरेको समेत आरोप लगाएकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै शंकास्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत घटनाले हाम्रो देशमा न्याय मरेको भान भएको समेत बताएकी छन् । के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ? प्रश्नसहित उनले स्टाटसमा लेखेकी छन्– ‘अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले त्यस्तै देखाउँछन् । न्याय दिने निकाय किन यस्ता घटनामा क्विक एक्सनमा उत्रँदैनन् ?’
‘युट्युबरहरूले संवेदनशील विषयमा चर्तिकला देखाउनु भनेको राज्यको न्याय प्रशासन भन्दा युट्युबरको अपरेसन प्रभावकारी हुनु र न्याय मर्नु नै हो’ उनले अगाडि थपेकी छन्– ‘अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंङकको होडबाजी छ ।’ उनले आफुले युट्युव र टिकटमा राखेको भिडियोलाई अरुलाई पीडा दिने कुरामा समेत ख्याल गर्न सबैलाई अनुरोध समेत गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल
-
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : धनराज गुरुङ
-
११ सदस्यीय जुडो टोली भुटान प्रस्थान
-
राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैँ चुप लागेर बस्दैनौँ: सांसद झा
-
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
-
ट्रम्प रिसाइरहँदा हार्वार्ड विश्वविद्यालयले पाउने भएन कुनै अनुदान