अभिनेत्री बर्षाको प्रश्न– के यो देशमा न्याय मरिसकेको हो ?
अभिनेत्री बर्षा सिवाकोटीले युट्युबरलाई संवेदनशील र कारुणिक घटना आफ्नो युट्युबरको मसला नबनाउन अनुरोध गरेकी छन् । उनले न्याय दिने निकाय छिटो छरितो रुपमा एक्सनमा नउत्रिँदा युट्युबरहरुले कारुणिक घटनालाई मसलाका रुपमा प्रयोग गर्ने गरेको समेत आरोप लगाएकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै शंकास्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत घटनाले हाम्रो देशमा न्याय मरेको भान भएको समेत बताएकी छन् । के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ? प्रश्नसहित उनले स्टाटसमा लेखेकी छन्– ‘अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले त्यस्तै देखाउँछन् । न्याय दिने निकाय किन यस्ता घटनामा क्विक एक्सनमा उत्रँदैनन् ?’
‘युट्युबरहरूले संवेदनशील विषयमा चर्तिकला देखाउनु भनेको राज्यको न्याय प्रशासन भन्दा युट्युबरको अपरेसन प्रभावकारी हुनु र न्याय मर्नु नै हो’ उनले अगाडि थपेकी छन्– ‘अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंङकको होडबाजी छ ।’ उनले आफुले युट्युव र टिकटमा राखेको भिडियोलाई अरुलाई पीडा दिने कुरामा समेत ख्याल गर्न सबैलाई अनुरोध समेत गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण