शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहीले गरे सरकारको प्रशंसा

मङ्गलबार, २५ जेठ २०७८, १२ : ५६
मङ्गलबार, २५ जेठ २०७८

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले कोभिड विरुद्धको स्वास्थ्य सामाग्री अन्तर्राष्ट्रिय स्तरबाट मगाउन र भन्सार छुट गराउन पहल कदमी थालेको भन्दै सरकारको भूमिकाको प्रशंसा छन् । मंगलवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्लाका २०  वटा स्वास्थ्य संस्थालाई  ‘बोधिसत्वा विहार’ काठमाडौंले  प्रदान गरेको  अक्सिजन कन्सनटेटर लगायतका स्वास्थ्य सामग्री र औषधीहरु वितरण गर्दै शाहीले सरकारलाई धन्यवाद दिएका हुन् ।

उनले भने– ‘नेपालमा नपाइने स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय स्तरबाट भन्सार छुट गराई  स्वदेशमा भित्र्याउन संघिय सरकारले  जुन पहल गरेको छ, त्यसका लागि म विशेष बिशेष धन्यवाद दिन चाहन्छु । ’

उनले कोभिड महामारीविरुद्ध लड्न आफ्नो दल पार्टी र सोसाइटीभन्दा माथि उठेर  जुट्नुपर्नेमा जोड दिए । उनले भने– ‘माटो मात्रै नेपाल होइन,  भुगोल मात्रै नेपाल होइन, नेपाल भनेको  यहाँ बसोवास गर्ने विविधता, त्यो विविधता भित्रको एकता,   त्यही एकतासँगै रहेका नेपालीहरु हुन्  । तिनै नेपाली बाँचे मात्रै नेपाल रहन्छ । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले जुन सहयोग गरेको छ, त्यसका लागि म  पुनः धन्यवाद दिन चाहन्छु ।’

सहयोगी संस्था  ‘बोधिसत्वा विहार’ काठमाडौंका सिनियर एडभाइजर शान्ता शर्माले गुल्मीका कलाकार तिलक बस्नेतको पहलमा गुल्मीमा स्वास्थ्य सामग्री हस्तान्तर गरिएको बताए ।  उनले विभिन्न राजनैतिक दल र संघ संस्थामार्फत आफ्नो धार्मिक संस्थाले स्वास्थ्य सामग्री सहितको राहत देशका विभिन्न जिल्लामा वितरण गर्न लागिएको जानकारी दिए । 

लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीको समन्वयमा करिव ३० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री जिल्लामा भित्र्याइएको प्रतिष्ठानका अध्यक्ष वसन्त खत्रीले जानकारी दिए ।  उनका अनुसार गुल्मी अस्पतालमा ५ वटा अक्सिजन कन्सनेटेटर  लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

त्यस्तै  सिमीचौर स्वास्थ्य चौकी, दुबिचौर, शान्तिपुर, हर्दिनेटा, ईस्मा, रिडी, श्रृंगा, अर्जै  र  चारपाला  लगायतका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री र औषधी हस्तान्तरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप