ज्ञानेन्द्र शाहीले गरे सरकारको प्रशंसा
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले कोभिड विरुद्धको स्वास्थ्य सामाग्री अन्तर्राष्ट्रिय स्तरबाट मगाउन र भन्सार छुट गराउन पहल कदमी थालेको भन्दै सरकारको भूमिकाको प्रशंसा छन् । मंगलवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्लाका २० वटा स्वास्थ्य संस्थालाई ‘बोधिसत्वा विहार’ काठमाडौंले प्रदान गरेको अक्सिजन कन्सनटेटर लगायतका स्वास्थ्य सामग्री र औषधीहरु वितरण गर्दै शाहीले सरकारलाई धन्यवाद दिएका हुन् ।
उनले भने– ‘नेपालमा नपाइने स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय स्तरबाट भन्सार छुट गराई स्वदेशमा भित्र्याउन संघिय सरकारले जुन पहल गरेको छ, त्यसका लागि म विशेष बिशेष धन्यवाद दिन चाहन्छु । ’
उनले कोभिड महामारीविरुद्ध लड्न आफ्नो दल पार्टी र सोसाइटीभन्दा माथि उठेर जुट्नुपर्नेमा जोड दिए । उनले भने– ‘माटो मात्रै नेपाल होइन, भुगोल मात्रै नेपाल होइन, नेपाल भनेको यहाँ बसोवास गर्ने विविधता, त्यो विविधता भित्रको एकता, त्यही एकतासँगै रहेका नेपालीहरु हुन् । तिनै नेपाली बाँचे मात्रै नेपाल रहन्छ । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले जुन सहयोग गरेको छ, त्यसका लागि म पुनः धन्यवाद दिन चाहन्छु ।’
सहयोगी संस्था ‘बोधिसत्वा विहार’ काठमाडौंका सिनियर एडभाइजर शान्ता शर्माले गुल्मीका कलाकार तिलक बस्नेतको पहलमा गुल्मीमा स्वास्थ्य सामग्री हस्तान्तर गरिएको बताए । उनले विभिन्न राजनैतिक दल र संघ संस्थामार्फत आफ्नो धार्मिक संस्थाले स्वास्थ्य सामग्री सहितको राहत देशका विभिन्न जिल्लामा वितरण गर्न लागिएको जानकारी दिए ।
लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीको समन्वयमा करिव ३० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री जिल्लामा भित्र्याइएको प्रतिष्ठानका अध्यक्ष वसन्त खत्रीले जानकारी दिए । उनका अनुसार गुल्मी अस्पतालमा ५ वटा अक्सिजन कन्सनेटेटर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
त्यस्तै सिमीचौर स्वास्थ्य चौकी, दुबिचौर, शान्तिपुर, हर्दिनेटा, ईस्मा, रिडी, श्रृंगा, अर्जै र चारपाला लगायतका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री र औषधी हस्तान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण