सूर्योदयका चिया उद्योग खुल्ने
कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन् । नगर, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिको संयुक्त छलफलबाट मापदण्ड तयार पारिएको हो । हरियो चियापत्ती टिप्दा न्यूनतम तीन मिटर सामाजिक दूरी कायम गर्नुपर्ने भएको छ ।
अनिवार्यरूपमा मास्क, सेनिटाइजर पञ्जाको प्रयोग, चिया खाजाको व्यवस्था घरबाटै गर्ने, २ बजेसम्म सङ्कलन केन्द्रमा सङ्कलन गरेर ५ बजेभित्र उद्योगसम्म पुर्याउने, एक÷एक घण्टामा सावुन पानीले हात धुने र एउटा बोरामा अधिकतम ३० किलोभन्दा बढी ढुवानी गर्न नपाउने मापदण्डमा उल्लेख छ ।
चिया प्रशोधन कार्यमा दुई वा तीनभन्दा बढी श्रमिक राख्न नपाउने, गुणस्तरीय चिया उत्पादन कार्यविधि, २०७५ को पालना गर्नुपर्ने, श्रमिक वा अन्य कामदारको विवरण प्रत्येक दिन सम्बन्धित वडामा बुझाउने, चिया टिप्न प्रयोग गरिने सुरक्षा सामग्री मजदूरलाई सम्बन्धित चिया कृषकले उपलब्ध गराउनुपर्ने, चिया ढुवानीको सवारी वडा कार्यालयमा दर्ता भएको हुनुपर्नेलगायत बुँदा समेटिएका छन् ।
चिया क्षेत्रमा सङ्लग्न किसान, श्रमिक वा उद्योगमा कार्यरत मजदुरमा सङ्क्रमण देखिएमा स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । सङ्क्रमितलाई उपचारको लागि अस्पतालसम्म लग्न सवारीसाधनको व्यवस्था नगरले गर्ने जनाइएको छ । यसअघि गत वर्ष पनि नगरले १४ बुँदे मापदण्ड पालना लागू गराएर चिया टिपाईलाई सहज बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण