बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमलाई स्वीकृत प्रदान गरेको हो ।
बैठकले प्रदेश सरकारले आगामी जेठ २७ गते प्रदेशसभामा पेश गर्न तयार पारिएको नीति तथा कार्यक्रमलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।
बैठकले सरकारको नीति कार्यक्रम तथा पूर्ण बजेटको प्राथमिकताको सम्बन्धमा छलफल गरी प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको उनले बताए । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण, उपचार र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण